बारा (निजगढ) / दलित महिलाहरुको हकहितको क्षेत्रमा काम गर्दै आएको दलित महिला केन्द्र नेपालले लैङिकं हिंसा अन्त्यका लागि पालिका घोषणा गर्ने मापदण्ड तथा दिशानिर्देश २०७९ माथि सरोकारवालाहरु सँग छलफल गरेको छ ।
सो संस्थाले केही दिनअघि निजगढ नगरपालिका मा उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकिय अधिकृत राजमणी निरौला, कार्यपालिका सदस्य तथा सरोकारवाला निकायहरुसँग सो छलफल कार्यक्रम आयोजना गरेको हो । छलफल कार्यक्रममा दलित महिला केन्द्रले तयार गरेको कार्यपत्रमाथि सहभागीहरुले टिप्पणी गरेको थिए । दलित महिला केन्द्रले बाराको निजगढ, कोहल्वी, करैयामाई गाँउपालिका मध्ये पहिलोपटक निजगढ नगरपालिकामा यो छलफल कार्यक्रमको आयोजना गरेको हो ।
केन्द्रले तयार गरेको मापदण्डभित्र घरेलु हिंसा,अन्धविश्वास,कुरीति, कुसंस्कार तथा गलत अभ्यासका कारणबाट सिर्जना भएका हिंसा, बाल विबाह, जबरर्जस्ती विवाह,दाईजो प्रथाको कारणबाट हुने हिंसा,कार्यस्थलमा हुने यौनजन्य हिंसा,सार्वजनिक स्थलमा हुने हिंसा, सामाजिक संञ्जालको दुरुपयोगबाट हुने हिंसा,राजनीतिक क्षेत्रमा महिला माथि हुने हिंसा,यौनहिंसा तथा दुर्रव्यवहार,मनोरञ्जन क्षेत्रमा कार्यरत महिलासँग सम्वन्धित हिंसा तथा दुर्रव्यवहार, प्रविधिको प्रयोगबाट हुने हिंसा,वैदेशिक रोजगारीसँग सम्वन्धित हिंसा,एसिड तथा प्रज्वलनशील पदार्थको आक्रमणबाट हुने हिंसा,जातिय भेदभावबाट सिर्जित हिंसा, लागु औषध तथा दुरव्र्यसनी र असुरक्षित गर्भपतन तथा लिङ पहिचान गर्ने उद्देश्यले महिलामाथि हुने हिंसाका विषयमा तयार पारेको कार्यपत्रमाथि छलफल भएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाले लैङिक हिंसा लगायत पालिकामा विद्यमान विभिन्न कुरीतिजन्य अभ्यासको निवारण कसरी गर्ने,लैङिक हिंसा अन्त्यका लागि उत्तरदायित्व कानुन तथा नीतिगत व्यवस्था सुदृढीकरण,उद्धार, पुनस्थापना र सहयोग संयन्त्रहरुको सुदृढीकरण गर्ने, उपचारात्मक कार्यक्रम, लैङिक हिंसा मुत्त पालिका वडा अभियान सञ्चालन तथा कार्ययोजना कार्यन्वयन संयन्त्र गठन गर्ने विषयमा छलफल भएको थियो । सो छलफल पश्चात निजगढ नगरपालिका उपप्रमुख सोममाया थिङले नगरपालिकालाई लैगिङक हिंसा मुक्त्त बनाउन र लैगिंक उत्तरदायी बजेट बनाउन नगरपािलका भित्र रहेका यौनिक अल्पसंख्यक, दलित,सिमान्तकृत वर्गहरु सबैका समेटेर लैजान सक्नुपर्ने बताईन् । ‘सबै वर्ग र समुदायलाई समेटेर हामीले नीति बनाईराख्दा भोली उहाँहरुको सम्वोधन हुने कि नहुने ध्यान दिएर एकदमै अध्ययन गरेर मात्रै बनायौ भने मात्रै सफल हुन्छ’ उपप्रमुख थिङले भनिन् ‘लैगिंक समानता तथा सामाजिक समावेशीकरण हुनुपर्छ भन्छौ तर हाम्रो व्यवहारमा लागु भएको हुदैन,त्यही विषय समावेश गर्न यो नीति बनाउने हो तर यो नीतिको बारेमा नै बुझाउन सकिएन भने कसरी सम्वोधन हुन्छ सरोकारवालाहरु सँग बसेर यो विषयमा वृहत छलफल गरे मात्रै हामी सफल हुन सक्छौ’ ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजमणी निरौलाले लैगिंक समानतना तथा सामाजिक समावेशीकरण नीति २०७९ पास गर्न नगरपालिकालाई कुनै समस्या नभएको बताए । ‘हाम्रो पालिकामा प्रजा, चेपाङ लगायतका पिछडिएका वर्गहरु पनि छन्, उहाँहरुलाई पनि राखेर छलफल गरेर यो नीतिलाई पास गरौ’ प्रमुख प्रशाकिय अधिृकत निरौलाले भने । दलित महिला केन्द्रले निजगढ नगरपालिका केन्द्रीत रहेर लैगिंक हिंसा मुक्त्त पालिका घोषणा कसरी गर्न सकिन्छ भन्ने विषयमा र लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीति निरन्तर छलफल गरिरहेको छ । कार्यक्रममा ‘लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीति मस्यौदा तथा लैगिंक हिंसा अन्त्यका लागि पालिका घोषण मापदण्ड निर्देशिका’ सम्वन्धि छलफलको सहजीकरण पाल्मो दावा तमाङले गरेकी हुन् ।
कार्यक्रममा निजगढ नगरपालिकालाई लैङिक हिंसा मुक्त पालिका घोषणा गर्न उपप्रमुख थिङ, प्रमुख प्रशासकिय अधिकृत निरौला, कार्यपालिका सदस्यहरु सहित सहभागीहरुले प्रतिवद्धता समेत जाहेर गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८