मंसिर २८, बारा /
करिव तीन करोडको लगानीका बाराको जितपुरसीमरा उपमहानगर १५ स्थित डुमरवानामा मौलाकालिका डेरी सञ्चालनमा आएको छ । डेरी उद्योगले प्याकेजिग, दुध घिउ, पनिरलगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी आफ्नै फाम हाउससमेत बजारमा पुयाउने डेरी सञ्चालन समितिका अध्यक्ष रामप्रसाद लामिछानेले बताएका छन् । डेरी उद्योगमा १५ जना कर्मचारी कार्यरत रहेका छन् ।
किसानालाई उत्पादनको उचित मूल्य दिन र स्थानीय स्तरमा बेरोजगारी न्यूनीकरण गर्न डेरी उद्योग खोलेको डेरी उद्योगका अध्यक्ष लामिछानेले जनाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ को डुमरवानास्थित सुन्दरवस्तीमा डेरी उद्योग सञ्चालनमा ल्याउनुभएका अध्यक्ष लामिछानेले कृषकहरुमा व्यवसायिक पशुपालन, घाँसखेती गर्न बिउ बितरणका साथै दुग्ध कृषकहरुको हकहितलाई ध्यानमा राखेर डेरी सञ्चालन ल्याईएको जनाएक छन् ।
दुग्ध उद्योगको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहनशर्मा लामिछानेले एका कार्यक्रमकाबीच सोमवार उद्घाटन गरेका हुन् । कार्यक्रममा स्थानीयरुपमा मात्र उपभोग गरिरहेको दुधलाई राष्ट्रिय रुपमा निर्यात गरी यो क्षेत्रलाई मिल्क जोनको रुपमा विकास गर्न सकिने शर्माले बताएका छन् । उद्योगले बारा जिल्लाको मात्र नभइ मधेशप्रदेशकै ८ जिल्लाबाट दैनिक ३ देखि ५ हजार लिटर दुध संकलन गर्ने र सबै क्षेत्रहरुमा पुगेर दुधको बजार व्यवस्थापन गर्ने संस्थाका प्रबन्धक नवीन पौेडेलले जनाएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८