• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

६५६६ पाठक संख्या

टुडे दैनिक संवाददाताFebruary 7, 2023 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

शारदा पोखरेल, बारा

बारा साविक प्रस्टोका गाविस वडा नं १ की मोहनी देवी एकल महिला हुन् । उमेरले ५५ कटेकी मोहनी देवीको लोग्ने बासुदेव राउतको गत असार २२ गते निधन भयो । लोग्नको मृत्यु भएको ९ दिनपछि असार ३१ गते सासु मोलेसरी अहिरीनले पनि संसार छोड्नि । लोग्ने र सासुको मृत्युपछि मोहनी देवीलाई दैनिक घर व्यवहार टार्न धेरै समस्या भयो ।

हातमुख जोर्नकै लागि उनले वालक छोरो शिवा यादवलाई दैनिक ज्यालादारी पठाउन थालिन् । शिवाले दैनिक ज्यालादारी गरेर ल्याएको २÷४ सय रकमले घरमा वृद्ध ससुरा रामनारायण राउत अहिर, २ छोराछोरी र मोहनीदेवीको गुजारा चल्दथ्यो ।

सम्पतिको नाममा अढाईधुर जग्गा र सोही जग्गामा बनेको फुसको कच्ची घर बाहेक केही थिएन । बर्खा लागेपछि छानो चुहिएर कहिले गोठ त कहिले घरको बास हुन्थ्यो । यसै दिनचर्या चलिरहेको थियो । एक्कासी गत असार १ गते मोहनी देवीको ससुरा रामनारायण राउतको नाममा बारा जिल्ला अदालतकाट पत्र आयो । पत्रमा मोहनी देवीको परिवार बस्दै आएको अढाईधुर जग्गा अदालतले रोक्का गरेको सम्वन्धि व्योहोरा उल्लेख थियो ।

पत्रमा लेनदेन मुद्दामा बाटोको म्याद बाहेक एक्काईस दिनभित्रमा प्रतिउत्तरपत्र र कानुन बमोजिम लिखित प्रमाण सहित उपस्थित हुन सूचित गरिएको थियो । साथै म्यादभित्र प्रतिउत्तर लिई उपस्थित नभए कानुन बमोजिम फैसला हुने र भविष्यमा त्यस विषयमा कुनै उजुर समेत नलाग्ने जनाईएका थियो ।

सम्पतिको नाममा रहेको अढाईधुर जग्गा पनि रोक्का भएको सूचना पाउनासाथ मोहनी देवीलाई प्रत्यार लागेन तर पछि बुझ्दै जाँदा थाहा भयो आफ्नै कान्छो ससुरा छोरा नातामा देवर पर्नेले लेनदेनको कपाली कागज बनाएर अदालतबाट जग्गा रोक्का गरेका रहेछन् । फर्जी कागजपत्रको साहारामा वडाध्यक्षको हस्ताक्षर नै नभएको घरबाटो सिफारिसको माध्यमबाट देवर गोखुल यादवका छोरा दिपेन्द्र यादवले आफ्नो नाममा जग्गा पास गर्न खोजेको र पास हुन नसकेपछि आमा प्रमिला देवी अहिरको नामबाट रोक्का गरेको भेटिएको छ ।

रामनायारण यादवले पनि सम्पतिको नाममा रहेको अढाइधुर जग्गामा झुक्काएर कपाली कागज बनाएर आफ्नो नाममा पास गर्न खोजेको थाहा पाएपछि त्यहि त अशोजमा उनको पनि निधन भयो । मोहनी देवीले ससुरालाई मदिरा सेवन गराएर काजक्रिया गरिदिन्छु भन्दैे देवर गोखुल राउतका छोरा दिपेन्द्र राउतले झुक्काएर ५ लाखको लेनदेनको कागज बनाएको र त्यहीँ लेनदेनका आधारमा अढाईधुर जग्गा आफ्नो नाममा बनाउन खोजेको बताईन् । वृद्ध भत्ता घरमै ल्याईदिन्छु भनेर झुक्काएर रामनारायण राउतलाई झुक्काएर कपाली कागज बनाएको स्थानिय नेपाली यादवले जनाएका छन् ।

भतिजले झुक्काएर जग्गा पास गर्न खोज्दा छिमेकीले बचाए

छोरा र पत्नीको निधनपछि रामनारायण यादव बेलाबेलामा भाईका छोराहरु गोखुल राउत अहिर र उनकी पत्नी प्रमिला देवी अहिरको घरमा आउजाउ गर्दथे ।

७८ वर्षिय रामनारायण यादवको मदिरा सेवन गर्ने बानी थियो । भतिजको घर आउजाउ गर्ने क्रममा गोखुलका छोरा दिपेन्द्र राउतले रामनारायणसँग झुक्काएर २०७५ बैशाख १० गतेको मिति जनाएर ५ लाखको कपाली कागज गरेको स्थानियहरुको भनाई छ । त्यही कपाली कागजको आधारमा दिपेन्द्र यादवले सयकडा १० प्रतिशतका दरले ५ लाख साँवा र ३ वर्ष ९ महिनाको व्याज १ लाख ८८ हजार ५५ रुपयाँ व्याज सहित ६ लाख ८८ हजार ५५ रुपयाँको विगो भराई पाउ भन्दै जिल्ला अदालत बारामा थप व्याज तथा अदालती शुल्क,अन्य दस्तुर लगायतको मुद्दा खर्च समेत विपक्षीबाट भराउन वारेस विदेशी प्रसाद यादव मार्फत जिल्ला अदालतमा जग्गा रोक्का गरेको देखिन्छ ।

दिपेन्द्र यादवले छिमेकीहरु लेखनदास रुपेस प्रसाद यादव मार्फत कपाली कागज बनाएको र विकास यादव र रामचन्द्र यादव साक्षी रहेको स्थायिन नेपाली यादवले भनाई छ ।

दिपेन्द्र राउतले २०७८ माघ पहिलो साता बनाएको कपाली कागजको मिति भने २०७५ बैशाख १० गते उल्लेख गरेका छन् । २०७५ को स्थानिय तह निर्वाचन अघि कपाली कागजलाई पनि अदालतले मान्यता दिने प्रचलन थियो । रामनारायण राउत अहिरलाई घरमा बोलाई राम्रोसँग पालनपोषण गर्छु भन्दै भाईको छोरा गोखुल राउतले २०७५ बैशाख १० गते ५ लाख रुपयाँ कपाली तमसुक कागज बनाएको मोहनी देवी अहिरको भनाई छ । दिपेन्द्रले वडाको फजी कागजपत्र पेश गरेर वडाध्यक्षको हस्ताक्षर नै नभएको पत्र मार्फत जग्गा पास गराउन खोजेपछि मालपोत कार्यालय कलैयामा हल्लाखल्ला भएको थियो ।

वडाध्यक्षको हस्ताक्षर नै नभएको घरबाटो सिफारिसका कारण २०७८ माघ १३ गते सो जग्गा पास नभएपछि माघ १६ गते दिपेन्द्र राउतले कपाली कागजको आधारमा बारा जिल्ला अदालतबाट जग्गा रोक्का गराएका थिए । ‘जग्गा रोक्का भएको अदालतबाट पत्र आएपछि मात्रै घर परिवारलाई थाहा भयो’ स्थानिय नेपाली यादवले भने । सोही घटनालाई लिएर स्थानिय र जनप्रतिनिधि सहितको टोली ईलाका प्रहरी कार्यालय सिमरा पुगेको थियो । जस्मा प्रहरीको रोहवरमा दिपेन्द्र राउतले आफुले रकम नलिएको स्विकार गरेका थिए । प्रहरीको रोहवरमा भएको सो छलफलमा कित्ता नं ९६ को साढे २ धुर जग्गा नाति शिवा यादवको नाममा बकशपत्र रजिष्टेशन गरी जग्गा नामसारी गर्ने लिखित निर्णय भएको थियो ।

चैत १७ गते भएको सो सहमती हालसम्म कार्यन्वयन नभएको र जग्गा फिर्ता नदिएको मोहनी देवीको गुनासो छ । मोहनी देवीका देवर गोकुल राउत,प्रमिला देवी राउत वारेस विदेशी प्रसाद यादवले निर्वतमान वडाध्यक्ष ईलियास देवान र बहालवाला वडाध्यक्ष सुलतान अन्सारी, तत्कालिन प्रस्ट्रोका गाविस अध्यक्ष कपिलदेव प्रसाद यादव, स्थानिय नेपाली यादव, हरिश्चन्द्र यादव, प्रस्ट्रोका गाविसका तत्कालिन उपाध्यक्ष कलामुदिन अन्सारीको रोहवरमा रामनारायणसँग पैसा लेनदेन नगरेको भनि स्विकार गरेका थिए भने अढाईधुर जग्गा रामनारायण राउतको नाति शिव यादव नाममा पास गरिदिने सहमती भएको थियो ।

मोहनी देवी जग्गा फिर्ता नहुदाँ आफ्नो परिवारको विचल्ली भएको बताएकी छिन् । ‘म सँग मुद्दा लड्न सक्ने क्षमता पनि छैन्, पैसा पनि छैन् अव मैले कसरी न्याउ पाउछु’ उनले भनिन् । मोहनी देवीलाई न्याय दिलाउन आफुले हरप्रयास गरिरहेको उपमहानगर वडा नं २४ का वडाध्यक्ष सुलतान अन्सारीले जनाएका छन् । ‘उहाँहरु बीच पैसा लेनदेन भएको छैन्, जग्गा हड्प्ने उद्देश्यले वृद्ध ससुरालाई झुक्काएर पुरानो मितिमा कपाली कागज बनाएर आफ्नो नाममा जग्गा पास गर्न खोजेको देखिएको छ’ वडाध्यक्ष सुलतानले भने ।

जग्गा दिन्छु भनेको हो, हामीले पैसा लिएको छैन् : दिपेन्द्र

फर्ज कागजपत्रको साहारमा लेनदेनको झुटा मुद्दा बनाएर कित्ता नं ९६ को साढे २ धुर जग्गा रोक्का गरेको सम्वन्धमा दिपेन्द्र राउतले पैसा नलिएको स्विकार गरेका छन् । मोहनी देवीका कान्छो ससुराका नाति दिपेन्द्रले विरामी हुदाँ औषधी उपचार गरेकोले रामनारायण राउत (ठुलो बुवा) ले नै जग्गा दिन्छु भनेर मौखिक सहमती गरेको बताए । ‘झुटो आरोपमा मेरो वुवा गोखुल राउतलाई थुनामा राखेकोले जग्गा फिर्ता दिन आलटाल गरेको हौ, हामीले पैसा लिएको होईन’ दिपेन्द्रले भने ।

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑