मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०ः२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८