वीरगन्ज,२४ असार
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले वीरगन्जमा मोटरसाइकल र्याली बुधबार निकालेका छन ।
नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुले मोटरसाइकल र्याली निकालेका हुन ।
स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएर र्यालि निकालेको बताएका छन् ।
प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।
हनिफ मियाको अगुवाइ निस्केको रयालीमा बिकास रौनियार , महम्मद निजामुदिन , अकलेश साह , रवि गुप्ता , इमरान आलम , सगिर अहमद लगायत ५ सय जनाको सहभागी रहेको थियो
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८