नयाँबस्ति : बाराको कोल्हवी नगरपालिका ८ नयाँबस्ति बुद्धनगरमा निर्माण हुन लागेको पक्कि सडकको शुक्रबार नगर प्रमुख भरतवहादुर भण्डारीले शिलान्यास गर्नुभएको छ ।
नगरको १५ लाख वडाको ३५ लाख गरी कुल ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडक निर्माणपछि नयाँबस्तिका स्थानीयलाई सहज हुनेछ ।
वडा भित्रका सबै सडक पक्कि बनाउने लक्ष्य अनुसार काम भइरहेको र आर्थिक वर्ष ०७६।७७ को विनियोजित बजेट अनुसार सडक ढलानको कार्य शुरु गरिएको वडा अध्यक्ष सार्थक पौडेलले बताउनुभयो । स्थानीय उपभोक्ता समिति मार्फत गुणस्तरीय निर्माणमा वडाको जोड रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८