काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका वचन/कर्मले सीमा नाघ्दैछ र उनलाई अब छाडा छोड्नु खतरनाक हुने हुने बताएका छन् ।
मंगलबार बिहान ट्विट गर्दै डा. भट्टराईले, प्रम ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको दाबी गरेको अभिव्यक्तिप्रति प्रम ओलीको आलोचना गरेका छन् ।
डा. भट्टराईले प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा नाघेको भन्दै अति गरे खति हुने समेत बताएका छन् ।
ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ्य देखिन्न ।’
डा.भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८