काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठक अन्य विषयमा प्रवेश नगरी स्थगित भएको हो ।
बैठकले बाढीपहिरो पीडित नागरिकको राहत र उद्दारमा जुट्ने प्रस्ताव पारित गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र
पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो। तर बैठकमा भने प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए ।
जारी बैठकमा बहुमत सदस्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगतार स्थगित गरिँदै आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८