काठमाडौँ , साउन १३ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन। यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको छ। बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए। तर, कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक बसेको हो। बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी छन् ।
बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफलसमेत गरेका थिए। सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले जानकारी दिए। पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए।
तर, नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको उल्लेख छ। प्रचण्डसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग राखेपछि नेकपाभित्र विवाद चर्किएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८