काठमाडौं । सरकारले तत्काललाई चैतदेखि गरेजस्तो देशव्यापी लकडाउनको कुनै तयारी नगरेको जनाएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले अहिले विगतको जस्तो लकडाउनबारे सरकारले केही पनि नसोचेको बताए ।
“सरकारले अहिले लकडाउन गर्दैन, जोखिम देखिएको ठाउँमा कतिपय सेवा रोक्दै जानुपर्ने हुन्छ,” उनले भने, “देशव्यापीरुपमा लकडाउन हुँदैन । चैत ११ गतेदेखि गरेको जस्तै सरकारले सोचेको छैन । यदि त्यस्तो परिस्थिति भयो भने स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । झन्डै दुई दर्जन जति स्थानीय तहमा लकडाउन गरिएको छ ।
अहिले नै त्रसित भएर पूर्ण लकडाउन हुँदैन । आफूले अरुलाई पनि संक्रमित बनाउन सकिन्छ । त्यसैले अहिले लकडाउन हुन्छकि भनेर सन्त्रास मान्नुपर्ने छैन ।” अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८