काठमाडौं , भदौ २२ । पछिल्लो समय मुलुकमा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढीरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक नेपालमा निको भएको दर ६२।६ प्रतिशत रहेको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १८१४ जना व्यक्ति निको भएका छन् भने ९८० जना संक्रमित थपिएका छन् । उक्त दिन ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको गरिएको हो ।२१ भदौको तथ्यांक अनुसार मुलुकमा कोरोनाबाट निको हुनेको कुल संख्या २८९४१ पुगेको छ । यस अनुसार मुलुकमा कोरोनाबाट निको हुने दर ६२।६ प्रतिशत छ । आइतबारसम्म कुल संक्रमितको ४६२५७ मध्ये सक्रिय संक्रमितको संख्या १७०२७ छ ।
२० भदौमा १५६६ जना व्यक्ति निको भएका छन् भने १०४१ जना संक्रमित थपिएका थिए । सोही दिन निको हुनेको कुल संख्या २७१२७ र निको हुने दर ५९.९ प्रतिशत थियो । यसैगरी १६ भदौसम्ममा कोरोनाबाट निको हुने व्यक्तिको संख्या २२१७८ र निको हुने दर ५४.७ प्रतिशत थियो ।
स्वास्थ्य मन्त्रालयको १४ भदौसम्मको तथ्यांक अनुसार कोरोनाबाट निको हुने व्यक्तिको संख्या कुल २०८२२ थियो, भने निको हुने दर ५४ प्रतिशत थियो । यसरी एक हप्ताको अन्तरमा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ८११९ ले बढेको देखिन्छ । कोरोनाबाट निको हुने दर भने एक हप्तामा ५४ प्रतिशतबाट बढेर ६२.६ प्रतिशतमा पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमणमुक्त ?
-प्रदेश १ : २४५८जना
-प्रदेश २ : ८१२७ जना
-वाग्मती प्रदेश : ३६५९ जना
-गण्डकी प्रदेश : १८०५ जना
-प्रदेश ५ : ५३५५ जना
-कर्णाली प्रदेश : २२७९ जना
-सुदूरपश्चिम प्रदेश : ५२५८जना
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८