काठमाडौं, चैत ६ । सरकारले नयाँ महान्यायाधिवक्तमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामासँगै सरकारले नयाँमा बडालको नाम सिफारिस गरेको हो ।
शुक्रबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। खरेलको राजीनामापछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।
यता अधिवक्ता बडालले आफ्नो नाम महान्यायाधिवक्तमा सिफारिस भएको खबर आएको बताएका छन् । उनले आफूलाई आइतबार बिहान ११ बजे शपथ ग्रहणका लागि बोलाइएको पनि जानकारी दिएका छन् ।
उनी एमाले निकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन्।
नेपालको संविधान २०७२ को धारा १५७ ९२० मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८