५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ भने थप ८,१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी जम्मा ८,१७३ जना संक्रमित पुष्टि भएको हो ।