काठमाडौं , जेठ ३१ । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख नौ हजार १८५ पुगेको छ । कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ ।
विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४१२ पुगको छ । नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले आइतबार सात हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको जानकारी दिए । कुल १२ हजार ४०६ जनाको परीक्षण गरिएको मा दुई हजार ४०७ जनालाई कोरोना पुष्टि भएको हो ।
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौ ँमा ४८३, भक्तपुर मा ५८ र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८