असार २४ । नेपालमा आज थप १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ३७४ पीसीआर र ५ हजार १३० एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २१८ र ६५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५ हजार
६१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८६जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३२० जनाको मृत्यु भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८