साउन १२ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८६३ परीक्षणबाट १ हजार १७३ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ५१८ परीक्षणमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ छ।
२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ। केहि लिन यता नेपनलमा फेरि कोरोको ग्राफ उकालो तिर लागेको छ । निषेज्ञा खुलेसँगै संक्रमण बढ्दै जान थालेको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८