• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Thu, 07, Dec, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

२६९९९ पाठक संख्या

टुडे दैनिक संवाददाताAugust 6, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

साउन २२ । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिटको पेशी साउन २५ गतेलाई तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले सडकमा समेत प्रदर्शन गर्न थालिसकेको छ ।

रिटको व्यहोरा

सरकारले नेपालको संविधान एवं भूमि सम्बन्धी ऐन, २०२१ (आठौं संशोधन) २०७६ अनुसार भूमिको व्यवस्थापनका लागि आयोग गठन गरेको थियो । नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम मिति २०७८÷०४÷१९ गते भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएको छ । सो निर्णयले नेपाली नागरिकको मौलिक हक एवं कानूनी हक लाई अतिक्रमण गरिदिएको छ । नेपालको संविधानको धारा ३७ ले आवासको हक प्रत्येक नागरिकलाई हुनेछ भनी व्यवस्था गरेको छ । संविधानको धारा ४० को उपधारा ५ मा राज्यले भूमिहिन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलव्ध गराउने पर्नेछ भनी व्यवस्था गरेको छ । उपरोक्त संवैधानिक व्यवस्था अनुसार पनि राज्यले नागरिकको आवासको हकलाई सुरक्षा गर्नु पर्ने देखिन्छ ।

आवासको सम्वन्ध भूमिहिन नागरिकलाई भूमि उपलव्ध गराउने तथ्यसँग प्रत्यक्ष जोडिएको छ । संविधानले भूमिहिन दलितलाई अनिवार्य जमिन उपलव्ध गराउने दायित्व समेत राज्यलाई सूम्पिदिएको पाइन्छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क, ऐ. ऐनको दफा ५२(३) (४) बमोजिम भूमिहिन दलितलाई एक पटक जमिन उपलव्ध गराउने एवं आयोग गठन गर्ने कानूनी व्यवस्था गरिदिएको पाइन्छ । सरकारले संवैधानिक दायित्व अन्तर्गत गठन गरेको आयोगलाई सरकारले स्वामित्व ग्रहण नगरी राजनैतिक प्रेरणाबाट प्रभावित रही खारेज गर्दा नेपाली नागरिक, दलित समूदाय एवं भूमिहिन समस्त नागरिकको हक अतिक्रमित भएको कुरा प्रष्ट छ । अतः मिति २०७८-०४-१९ गते भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषदले गरेको निर्णय वदर गरी न्याय पाऊँ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रकाशित गरेको विवरण अनुसार भूमि सम्वन्धि आयोगले देश व्यापी रुपमा जिल्ला पदाधिकारी नियुक्त गरिसकेको, स्थानीय तहसँग समझदारी गरीसकेको, नागरिकबाट लगत संकलन गरिसकेको, भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासी एवं अव्यवस्थित वसोवासीको निवेदन लिइसकेको उल्लेख गरेको छ । देशव्यापी रुपमा पालिका मार्फत पेश भएका निवेदन बमोजिम लाल पूर्जा वितरण गर्ने गरी तयारी स्वरुप काम भइरहेको व्यहोरा आयोगका पदाधिकारीले जनाएका थिए। सरकारको उल्लेखित निर्णयबाट सरकार एवं पालिकाहरुले खर्च गरेको करोडौ रकम खेर जाने स्थिती उत्पन्न भएको छ ।

आयोगका पदाधिकारीलाई कानूनी बमोजिम प्रक्रिया पुर्याएर वर्खास्त गर्नु र संविधान र कानूनको हक स्थापित प्रयोजनार्थ संस्थापित आयोग नै खारेज गर्ने कुरा एउटै वियष हुन सक्दैन। सरकारले गठन गरेका संविधान एवं कानून बमोजिमका आयोगहरुले राज्यको संवैधानिक एवं कानूनी दायित्व समेत वोकेको हुन्छ । सरकारले संवैधानिक एवं कानूनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुदै हचुवाको भरमा खारेज गर्न सक्दैन, मिल्दैन । भूमि सम्वन्धि नागरिकको मौलिक हकलाई प्रत्यर्थीले इन्कार गर्न सक्दैन । अतः ३ वर्ष कार्यकाल भएको संविधान एवं ऐनको उद्देश्य प्राप्त गर्ने गरी गठन गरेको आयोग सरकारले खारेज गर्दा नेपालको संविधानको धारा ३७, ४० को संवैधानिक प्रवन्ध एवं भूमि सम्वन्धि ऐन, २०२१ बमोजिमको कानूनी व्यवस्था उल्लंघन भएकोले सो निर्णय खारेज गरी वदर गरी पाऊँ ।

अतः माथी प्रकरण प्रकरणमा उल्लेखित आधार, कारण, प्रमाण एवं न्यायिक सिद्धान्त वमोजिम एवं नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम मिति २०७८-०४-१९ गते भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषदले गरेको निर्णय उत्प्रेषणको आदेशले वदर गरी भूमिसम्बन्धी समस्या समाधान आयोगलाई कानून बमोजिम काम गर्न दिनु भनी परमादेश समेत जारी गरी पाऊँ । साथै, प्रस्तुत विवाद मौलिक हक सम्वन्धि व्यवस्थाको गम्भीर उल्लङ्घन हुने विषयवस्तु भएकोले सो सम्वन्धमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम आदेश समेत जारी गरी पाऊँ । प्रस्तुत विषय संवेदनशील र सार्वजनिक सरोकारको विषयको मुद्दा भएकोले प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिई सुनुवाइ गरिपाउँ ।
यस विषयमा मैले अन्य निकायमा समानान्तर अधिकार प्रयोग गरेको छैन ।

प्रस्तुत रिट निवेदनपत्र दर्ता गर्दा तत्काल कानून व्यवसायी नियुक्त गरेको छैन । पछि नियुक्त हुनु हुने कानून व्यवसायीको बहस बुँदा, बहस नोट तथा पेश गरिने प्रमाण कागजात एवं नजिर सिद्धान्त समेतलाई यसै निवेदनपत्रको अभिन्न अंग मानी प्रमाणमा लगाई पाऊँ ।
रिट निवेदकअधिवक्ता प्रवेश के.सी.

सम्बन्धित पोस्ट
  • एनसेल बिवाद प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन
  • गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना , मुटुमा समस्या : मन्त्रालय
  • महानगरमा कानुनअनुसार औषधि पसल सञ्चालन गर : मेयर बालेन
  • विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    एनसेल बिवाद प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना , मुटुमा समस्या : मन्त्रालय

    महानगरमा कानुनअनुसार औषधि पसल सञ्चालन गर : मेयर बालेन

    विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    प्रधानमन्त्री प्रचण्ड दुबईमा

    आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरेर व्रत बस्ने परम्परा

    भूकम्प प्रभावितका १ हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने : कांग्रेस

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    टुडे दैनिक

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    आज छठ पर्व सूर्यदेवको अनुष्ठान गरि मनाईदै

    मंसिर लागेसँगै सुनको भाउ उच्च, एकैदिन २ हजार ३०० बढ्यो

    नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट – बधाई नेपाल र नेपाली टिम

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑