१५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् ।
पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप पार्न खोजिएको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको उनको भनाइ छ ।
प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौं जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ । साथै उनले राजनीतिक कार्यक्रम निरश हुने गरेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय नाचघर राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक कार्यक्रममा रस नै नहुने र घोचपेचदेखि गालीगलौजसम्म हुँदा इरिटेसन हुने गरेको बताए ।
कलाकारहरुको कार्यक्रममा आउन पाउँदा आफूले रिल्याक्स महसुस गरेको उनको भनाइ थियो । दाहालले आफूले कलाकार बन्न खोजे पनि परिस्थितिले राजनीतिमा ल्याएको बताए । कला, संस्कृति खेल क्षेत्र भनेको राष्ट्रलाई एकताबद्ध गर्ने, प्रतिष्ठा बढाउने, नेपालको गौरव, इतिहास संस्कृतिलाई समुन्नत गर्ने विधा भएको उनको भनाइ थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८