कातिक १४ । जसपा नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् ।
सिराहाको गोलबजार– ९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा डा। भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्न नसकेकोले संशोधन गर्न जरुरी भएको बताएका हुन् ।
देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही रूपमा लोकतन्त्र स्थापना हुन अझै नसकेको उनले बताए ।
निश्चित भाषा, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरूकै बोलवाला भएकोले यो अवस्था फेर्न संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न जरुरी भएको उनले बताए ।
आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार, सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८