कात्तिक १६, प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८