मंसिर २ । नेपालमा आज अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।
जसकारण हाल वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
शुक्रबार उच्च पहाडी तथा हिमाली भू भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८