मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
एमसीसीको विरोधमा प्रचण्ड र माओवादी केन्द्र उत्रिएका बेला अमेरिकी मन्त्रीले चासो राखेका हुन् । एमसीसीमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने बताउँदै आएका छन् ।
भेटमा नेपाल र अमेरिकाबीचको लामो द्विपक्षीय सम्बन्ध, कोभिड महामारीकालमा अमेरिकाले गरेको सहयोग, अमेरिकामा रहेका नेपालीको रोजगारी तथा सुरक्षाबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८