मंसिर ८ । विश्वभर ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार २७८ जना कोरोनामुक्त हुँदा ७ हजार ९५ संक्रमितको मृत्यु भएको छ ।
ओल्डोमिटरका अनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७३ हजार ९१८, बेलायतमा ४२ हजार ४८४, रुसमा ३३ हजार ९९६, फ्रान्समा ३० हजार ४५४, टर्कीमा २८ हजार १७० र ब्राजिलमा १० हजार ३१२ जना छन् ।
एक दिनमा निको हुने पनि अमेरिकामा सबैभन्दा धेरै ६० हजार ९७४ जना छन् । त्यसैगरी बेलायतमा ३९ हजार ३७०, रुसमा ३६ हजार ५१, टर्कीमा २९ हजार ३५३, ब्राजिलमा १७ हजार ६२५ र फ्रान्समा ९ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।
मृत्यु हुनेहरु भने सबैभन्दा धेरै रुसका छन् । त्यहाँ एकैदिन एक हजार २४३, अमेरिकामा एक हजार ११, ब्राजिलमा २२४, टर्कीमा २०८, बेलायतमा १६५ र फ्रान्समा ९८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८