मंसिर १३ । कात्तिक २५ गतेदेखि सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएको छ । केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्ष भित्र अन्तिम नतिजा प्रकाशन गर्ने तयारी गदै छ।
तथ्याङ्क प्रसोधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिक भित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने विभागका निर्देशक डुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
विभागले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गने सम्म गरी १५ दिन मा फिल्डमै पुगेर तथ्याङ्क संकलन गरेको थियो । विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरभाइजर गणक कार्यक्षेत्रमा खटाएका थिए ।
प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना गौरवको ऐतिहासिक कार्यक्रमको रुपमा लिइने गरिएको छ । यस वर्ष विभागले ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न सोधेर सबै समुदायको प्रतिनिधित्व हुने गरी गणना गरेको जनाएको छ । विभागले यस पटकको जनसंख्या करिव तीन करोड पुग्ने प्रारम्भिक अनुमान गरेको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८