२३ मंसिर । फाइजर बायोइन्टेक खोप बुस्टर डोजबाट ओमिक्रोन भेरियन्ट विरुद्ध रोग प्रतिरोधी क्षमता विकासको क्षमता प्रभावकारी रहेको कम्पनीले जनाएको छ । प्रारम्भिक परीक्षणबाट फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुने देखिएको फाइजर बायोइन्टेक कम्पनीले बुस्टर डोजबाट ओमिक्रोन भेरियन्टविरुद्ध रोग प्रतिरोधी क्षमता विकास हुने जनाएको छ ।
बुधबार फाइजर बायोइन्टेक कम्पनीले आफूले उत्पादन गरेको खोपको बुस्टर डोज लगाउँदा ओमिक्रोनविरुद्ध एन्टिबडी विकास हुने जनाएको हो ।
प्रारम्भिक परीक्षणबाट फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुने देखिएको भए पनि यसबारे थप अध्ययन आवश्यक रहेको कम्पनीको भनाइ छ ।
जर्ज वाशिङ्टन युनिभर्सिटी मिल्केन इस्न्टिच्युट स्कुल अफ पब्लिक हेल्थकी प्राध्याकप एवं फिजिसियन डा. लियाना वेनले परीक्षणको नतिजा सोचे अनुसार नै आएको बताएकी छन् ।
‘आज बिहान प्राप्त फाइजरको प्रमाण अप्रत्यासित छैन । हामीले जे अनुमान गरेका थियौं त्यही नतिजा आएको छ अर्थात यो सुखद र चिन्ताजनक दुवै कुरा हो’ वेनले भनिन्, ‘इम्युनिटी छल्ने सम्भावना र यसअघिका भेरियन्टको जस्तै २ डोजले काम नगर्न सक्ने संभावनालाई चिन्ताजनक भन्न सकिन्छ । तर मेरो विचारमा तेस्रो डोज लगाएपछि प्रभावकारिता बढ्ने कुरा सुखद हो ।’
विश्व स्वास्थ्य संगठनले समेत हालका खोपले नयाँ कोभिड भेरियन्ट ओमिक्रोनबाट संक्रमित मानिसलाई गम्भीर अवस्थाबाट सुरक्षित राख्ने बताइसकेको छ ।
हालसम्म पहिचान भएका कोभिड भेरियन्टमध्ये ओमिक्रोन भेरियन्टसँग उत्परिवर्तन क्षमता बढी छ । प्रारम्भिक प्रमाणले ओमिक्रोन अन्य भेरियन्टभन्दा संक्रामक हुन सक्ने तर संक्रमितलाई गम्भीर अवस्थामा नर्पुयाउने संभावना देखाउँछन् ।
तर ओमिक्रोनको संक्रामक क्षमता, खोपको प्रभावकारिता र गम्भीर संक्रमणको अवस्थाबारे पूर्ण प्रमाणहरू आइसकेका छैनन् । त्यर्सै हामीले सुरक्षाका प्रावधानहरु अपनाउनु आवश्यकता छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८