मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुन्छ । संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ।’ माओवादी केन्द्रको संसदीय दलको बैठकले विभिन्न बोर्ड गठन गर्ने निर्णय गरेको नेता रेखा शर्माले सञ्चारकर्मीलाई बताइन् ।
राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारीलाई चयन गरेको छ । यस्तै, २१ सदस्यीय संसदीय बोर्डको पनि गठन गरेको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । प्रचण्डलाई सांसदहरुले मंगलबारबाट जारी हिउँदे अधिवेशनलाई प्रभावकारी आग्रह गरेका थिए।
जवाफमा अध्यक्ष प्रचण्डले लामो समयदेखि संसद् अवरोध गरिरहेको एमालेसहितको सर्वदलीय बैठक बसालेर संसदीय अवरोध हटाउन आवश्यक पहल गर्ने बताएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८