माघ ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ ।
फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।
‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।
पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।
ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८