• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 23, May, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल

टुडे दैनिक संवाददाताJanuary 27, 2022 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

माघ १३ ।  सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल प्रवेश गरेको हो ।

हाल सबै प्रदेशमा कोभिसिल्ड/एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ । प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

वाग्मती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूणर्मात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने संख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । त्यसमध्ये कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको संख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या ७८ लाख २१ हजार ४०६ रहेको छ । यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्ण मात्रा लगाउँदा फाइजरको पूर्ण मात्रा लगाउने ४३ हजार २०९ जना छन् ।

यसैगरी एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये कोभिसिल्ड ४५ लाख ३० हजार ७८७, भेरोसेल ९७ लाख ४६ हजार २७० र फाइजर दुई लाख ५९ हजार ९४० जनाले पहिलो मात्रा लगाएका छन् । यस्तै १७ लाख ९६ हजार ९४० जनाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका छन् ।

यसबाहेक सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन् ।

कूल जनसंख्याको ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउँदा ५४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने जोनसेनको खोपसहित ६१ प्रतिशतले कम्तीमा खोपको पहिलो मात्रा लगाइसकेका छन् । यसमा १८ वर्षमाथिका व्यक्तिमा ६६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने ७३ प्रतिशत पहिलो मात्रा लगाएका छन् । यस्तै १२ देखि १७ वर्षसम्मका ५३ प्रतिशतले पहिलो मात्रा लगाउँदा शून्य दशमलब १ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

सम्बन्धित पोस्ट
  • बालिका बलात्कार आरोपित पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
  • महिलाहिंसा बढ्दै गएपछि सुन्दरी प्रतियोगिताबन्द गर्न माग
  • धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी
  • मोरङमा खसेको भन्दा बढी मत भेटिएपछि विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालिका बलात्कार आरोपित पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    महिलाहिंसा बढ्दै गएपछि सुन्दरी प्रतियोगिताबन्द गर्न माग

    धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी

    मोरङमा खसेको भन्दा बढी मत भेटिएपछि विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने शिक्षा सचिवको दाबी

    स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने पक्का, एमाले दोस्रो स्थानमा

    नेपाल र भारतबीच सहयोग अभिवृद्धि सम्बन्धी ६ वटा समझदारीपत्रमा हस्ताक्षर

    बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनि आउदै , भ्रमणमा के–के छन् एजेन्डा

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुट्न थाले , विभिन्न रणनीति बनाउँदै

    Bhetayo App प्रयोग ले जिवन सरल वनाउदै ,App किन र कसरी प्रयोग गर्ने?

    टुडे दैनिक

    भारतीय प्रधानमन्त्री मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने

    आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइदै

    नेपालमा कोरोना विरुद्ध खोप अभियान सुरु भएको १ वर्ष पूरा, ३ करोड डोज लगाइयो

    आज पौष शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रत व्रत आरम्भ

    माघ १५ गतेसम्म विद्यालय बन्द,सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिक डट कमका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक डट कम मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑