माघ २७ । सत्तारुढ दलका दुई शीर्ष नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल एमसीसी पास गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बालुवाटारमा भेटेर उनीहरुले एमसीसी पास गर्न नसकिने बताएका हुन्। उनीहरुले जनस्तरबाट उठेका सबालहरूको सम्बोधन नगरी यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए।
अमेरिकी सहायता परियोजना एमसीसी फेब्रअरी २८ भित्र संसदबाट पास गर्नै रस्सकस्सीका बीच सत्तारुढ दलका नेताहरुले पास गर्न इन्कार गरेका हुन्। प्रधानमन्त्री देउवालेले जसरी पनि एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धनका नेताहरुलाई दबाब दिँदै आएका छन्।
यसबीच उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समेत एमसीसी पासका लागि सहयोग गर्न आह्वान गरेका थिए। तर गठबन्धन दलबीच नै एमसीसीबारे फरक फरक मत रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८