• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Thu, 07, Dec, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

प्रधानन्यायाधीश विरुद्व महाअभियोग दर्ता

२४६२१ पाठक संख्या

टुडे दैनिक संवाददाताFebruary 13, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

फागुन १ ।  संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्ने विवादमा अल्झिएको सत्तारुढ गबठन्धनले आइतबार अचानक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्व महाअभियोग दर्ता गराएको छ । गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षर गरेर महाअभियोग दर्ता गराएका छन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीश जबराविरुद्व महाअभियोग दर्ता गराउने निर्णय गरेको थियो । त्यहीअनुसार आइतबार बिहानै महाअभियोग दर्ता भएको हो ।

नेताहरूले अचानक महाअभियोग दर्ता गर्नुका पछाडिको कारण न्यायालयमा निरन्तरको गतिरोधको अन्त्य भनेका छन् । तर, न्यायालयको गतिरोध अन्त्यमात्रै मुख्य कारण भने नरहेको उनीहरुसँगका अनौपचारिक कुराकानीबाट बुझ्न सकिन्छ । दलहरूले राजनीतिक मुद्दा र त्यसको लाभहानीको हिसाब गरेरै महाभियोग प्रक्रिया अघि बढाएका छन् । स्रोतका अनुसार गठबन्धनलाई कमजोर पार्न षडयन्त्र भइरहेको भन्दै दाहाल र नेपालको जोडबलमा प्रधानन्यायाधीशविरुद्व महाअभियोगको प्रस्ताव आएको हो । प्रधानमन्त्री देउवाले त्यसका लागि एमसीसी संसद्‌बाट अनुमोदन गराउन दाहाल र नेपालको साथ खोजेका छन् । देउवा, दाहाल र नेपालबीच प्रधानन्यायाधीशविरुद्व महाअभियोग लगाउने र गठबन्धनलाई थप मजबुत बनाउँदै संसदबाट एमसीसी अनुमोदन गराउने सहमति बनेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक सय दिन कटिसकेको छ । जबराले ९० दिनदेखि बेञ्च सम्हाल्न पाएका छैनन् । कानुन व्यवसायीको आन्दोलन होइन, सर्वोच्चका न्यायाधीश स्वय‌ं बेञ्च बहिष्कार गर्दा समेत न्यायालयलाई निकास दिन उद्धत नभएका दलहरूले एकाएक महाअभियोग ल्याउनुको खास कारण के हुन् त ?

नेताहरूका अनुसार प्रधानन्यायाधीश जबरा काममा फर्किए त्यसले आफूहरूलाई हानी पुग्ने विश्लेषणका आधारमा देउवा, दाहाल र नेपाल जबरालाई हटाउने निष्कर्षमा पुगेका हुन् । ‘यत्ति ठूलो आन्दोलन हुँदा समेत प्रधानन्यायाधीशले बेवास्ता गरेर टारे, प्रधानमन्त्रीज्यू स्वय‌ंले निकास दिएको राम्रो हुन्छ भनेर सन्देश पठाउनुभएकै हो,’ एक नेताले भने, ‘तर प्रधानन्यायाधीशले सुनेनन् । अब उनी काममा फर्किएपछि त्यसले हाम्रो न्यायालयलाई त हानी पुग्छ नै, कुनै न कुनै रुपमा सत्ता गठबन्धनलाई समेत क्षति पुर्‍याउँछन् भन्ने विश्लेषण हो ।’

तर, गठबन्धन दलहरूले डरै–डरमा महाअभियोग दर्ता गराउन पुगेको ती नेताको भनाइ छ । ‘प्रधानन्यायाधीश हटाउन एकातिर महाभियोग पास गर्न दुई तिहाई नपुग्ने डर, अर्कोतिर उनी न्यायालयमा फर्किए त्यस झन् ठूलो नोक्सानी हुने डर,’ ती नेताले भने, ‘डरै–डरमा महाअभियोग दर्ता भएको छ ।’

प्रधानन्यायाधीशविरुद्व महाभियोग प्रस्ताव पास गर्न दुई तिहाई बहुमत चाहिन्छ । तर, गठबन्धनसँग त्यस्तो बहुमत भने छैन । ती नेता भन्छन्, ‘हामीसँग बहुमत छैन, तर संसदमा प्रस्ताव दर्ता भइसकेपछि अब उनीमाथि छानबिन हुन्छ । प्रधानन्यायाधीशले त्यो छानबिन झेल्न सक्छन् भन्ने हामीलाई लागेको छैन, उनले अकुत सम्पत्ति कुम्ल्याएका छन् । त्यसमाथि छानबिन हुने भएपछि स्वाभाविकरुपमा उनले आफ्नो बाटो रोज्छन् भन्ने हाम्रो विश्लेषण हो ।’

यसरी अघि बढ्यो महाअभियोगको प्रक्रिया

प्रधानन्यायाधीश जबराविरुद्व बारले आन्दोलन थालेदेखि नै सत्ता गठबन्धनका नेताहरूमाथि महाअभियोग लगाउन दबाब थियो । आन्दोलन उत्कर्षमा पुगेकै बेला प्रधानन्यायाधीश जबराले संवैधानिक बाटोबाट बहिर्गमन हुन्छु भनेपछि बार एसोसिएसनका पदाधिकारीले गठबन्धनका नेताहरूलाई भेटेर त्यसबारे दबाब समेत दिएका थिए । तर, महाभियोग पास गराउन आवश्यक दुई तिहाई नपुग्ने भएपछि प्रधानमन्त्री देउवा र गठबन्धनका नेताहरूले न्यायलयको विवाद त्यहीभित्रै बाट निकास आउनु उपयुक्त हुने भनेका थिए । तर, दलहरूको आशय बुझेपनि प्रधानन्यायाधीश जबराले पद छाडेनन् ।

करिब तीन महिनापछि अचानक गठबन्धनले कसरी महाअभियोगको प्रस्ताव अघि बढायो त ? महाअभियोग दर्ता प्रक्रियामा सहभागी कांग्रेसका एक नेता भन्छन्, ‘हाम्रो आशय प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन होस् भन्ने थियो । तर, उहाँले त्यो विकल्प उपयुक्त देख्नुभएन । फेरि उहाँ सर्वोच्चमा फर्किए हाम्रो न्यायालयमा झन् ठूलो क्षति हुने देखेपछि नेताहरूमाथि दबाब परेको हो ।’ प्रधानन्यायाधीश पुनः मैदानमा फर्किए आफूहरूमाथि आक्रमण हुने भयले गठबन्धनले डरै–डरमा महाअभियोग प्रक्रिया अघि बढाएको ती नेताको भनाइ छ । ‘महाअभियोग लगाऔँ, दुई तिहाई नपुग्ने । नलगाऊ उनी मैदानमा उत्रिसके,’ ती नेताले अघि भने, ‘अन्ततः महाअभियोग विकल्प बनेको हो ।’

आफूविरुद्व आन्दोलन सुरु भएपछि प्रधानन्यायाधीश जबरा शान्त बसेका थिए । तर, जब जबराले न्यायपरिषद्को बैठक बोलाएर न्यायाधीश नियुक्तिबाट काम थाल्ने प्रयास गरे, त्यसले गठबन्धनमा झस्का पसेको हो । जबराले ७ पुसमा न्याय परिषद्को बैठक बोलाएका थिए, बैठकको एजेन्डा थियो जिल्ला न्यायाधीशहरुको नतिजा प्रकाशन । तर, बार एसोसिएसनका पदाधिकारीले बैठकमा नजान आग्रह गरेपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायधिवक्ता खम्मबहादुर खाती त्यो बैठकमा गएनन् । मन्त्री बडु र खाती नआउने भएपछि जबराले बैठक स्थगित गरे ।

त्यसपछि जबराले खबर पठाएका थिए, ‘अर्को एउटा बैठक कुर्छु, त्यसपछि पनि नआए मैले निर्णय गरेर अघि बढ्छु ।’

अदालतमा बेथिति र भ्रष्टाचारको जालो विछ्याएको आरोप लागेका जबराले धम्कीपूर्ण खबर पठाएपछि दलहरूलाई थप दबाब परेको थियो । ‘जसले महिनौ‌ैं बहस गरेर संसदको पुनस्थापना गरे, र आज गठबन्धन सरकारमा छ, उनीहरुको निरन्तरको आग्रह थियो कि हामीले यति ठूलो लडाईं लड्यौँ, तर हामीलाई बेवास्ता भयो । त्यसमाथि सिंगो न्याय क्षेत्र न्यायालय सुधारमा दलहरूको भूमिका खोजिरहेका बेला त्यस्तो आरोपित प्रधानन्यायाधीशले धम्कीपूर्ण भाषा बोलेपछि नेताहरूको ध्यान खिच्यो,’ ती नेता भन्छन्, ‘पार्टी र गठबन्धनभित्रबाट प्रधानमन्त्रीमाथि दबाब बढाएका थियौँ ।’

पार्टी र गठबन्धन दुबैतिरबाट दबाब परेपछि प्रधानमन्त्री देउवा पनि महाअभियोग दर्ताका लागि तयार भएका थिए । प्रधानन्यायाधीशविरुद्व माघ २६ गते नै महाअभियोग दर्ताको तयारी भएको थियो । ‘माघ २६ गते नै सबै तयारी भएको थियो,’ ती नेताले भने, ‘तर अन्तिम समयमा गठबन्धनभित्रको खटपट र प्रतिपक्षी नेकपा एमालेसँगको संवादले अलमलाएपछि प्रधानमन्त्री देउवाले केही दिन रोकौँ भन्नुभएको थियो ।’

यही बीचमा एमालेले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने मागसहित रिटमा पेसी तोकिएपछि गठबन्धनलाई अर्को चस्का पस्यो । ‘प्रधानन्यायाधीश मैदानमा फर्किए, अब पनि नहटाए उनी काममा फर्किन्छन्, उनी फर्किएपछि हामीमाथि उनको आक्रमण सुरु हुन्छ,’ नेताहरूबीच भएको छलफलबारे देउवानिकट एक नेताले भने, ‘जबरा फर्किएर आए भने त्यो हाम्रो लागि अहितकर हुन्छ ।’

ती नेताका अनुसार प्रधानमन्त्री देउवा र गठबन्धनका नेताहरूले दिएको सम्मानजनक निकासको विकल्प छाडेर प्रधानन्यायाधीश जबराले काममा फर्किने कोसिस गरेपछि महाभियोग दर्ता भएको हो । ‘सिंगो बार उनीसँग बेञ्च सेयर गर्न तयार छैन, अदालतका निर्णयलाई लिएर मोलमोलाई गरेको आरोप उनीमाथि लागेको छ, तैपनि उनले नियमित काममा फर्किने हिम्मत देखाएपछिको यो बाध्यता हो,’ ती नेताको भनाइ छ ।

न्यायालयलाई निकास दिन महाअभियोग ल्याएको दाबी

गठबन्धन दलहरूले भने न्यायालयमा भएको निरन्तरको गतिरोधलाई निकास दिन महाअभियोग प्रस्ताव दर्ता गराएको दाबी गरेका छन् । प्रधानमन्त्री देउवानिकट सांसद मीन विश्वकर्माले न्यायालयमा रहेको छ महिनादेखिको अवरोध हटाउन बाध्य भएर प्रधानन्यायाधीशविरुद्व महाअभियोगको प्रक्रियामा जानु परेको बताए ।

‘न्यायालय छ महिनादेखि अवरुद्व छ । संसद पनि अवरुद्व पारिएको छ । न्यायालयका कारण संसद अवरुद्व भइरहने, संसदका कारण न्यायालय अवरुद्व भइरहने जस्तो अवस्था बन्यो,’ उनले इकान्तिपुरसँग भने, ‘त्यसैले यो बाध्यात्मक परिस्थितिको उपज हो । संसदमा गतिरोध, न्यायालयमा गतिरोध । सबैतिर अस्तव्यस्त बन्दै जाने भयो, त्यसैले अब न्यायापालिकाबाटै यसको समाधान खोजौँ भनेर प्रस्ताव दर्ता गरिएको हो ।’

नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङले न्यायापालिका निरन्तर डेडलक भएपछि बाध्य भएर प्रधानन्यायाधीशविरुद्व महाअभियोग प्रस्ताव दर्ता गराएको बताए । उनले बाध्यात्मक परिस्थिति आएपछि महाअभियोग दर्ता गराइएको बताए ।

‘न्यायापालिका निरन्तर डेडलक भएको अवस्था छ, यस्तोमा जनताका प्रतिनिधि सांसदहरूले सधैँ टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन,’ उनले भने, ‘हामीले अहिलेसम्म पर्खिएकै थियौँ । त्यहीबाट समस्या समाधान होस् भन्नेमा हामी आशावादी थियौँ । तर, प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्ने अवसर छ, दिनुपर्छ भनेर हामीले यो समय पर्खिएको अवस्थामा पनि उहाँले मार्गप्रशस्त नगरेपछि बाध्य भएर महाअभियोग दर्ता गरेका हौँ ।’ –कान्तिपुर दैनिकबाट 

सम्बन्धित पोस्ट
  • एनसेल बिवाद प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन
  • गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना , मुटुमा समस्या : मन्त्रालय
  • महानगरमा कानुनअनुसार औषधि पसल सञ्चालन गर : मेयर बालेन
  • विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    एनसेल बिवाद प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना , मुटुमा समस्या : मन्त्रालय

    महानगरमा कानुनअनुसार औषधि पसल सञ्चालन गर : मेयर बालेन

    विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    प्रधानमन्त्री प्रचण्ड दुबईमा

    आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरेर व्रत बस्ने परम्परा

    भूकम्प प्रभावितका १ हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने : कांग्रेस

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    टुडे दैनिक

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    आज छठ पर्व सूर्यदेवको अनुष्ठान गरि मनाईदै

    मंसिर लागेसँगै सुनको भाउ उच्च, एकैदिन २ हजार ३०० बढ्यो

    नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट – बधाई नेपाल र नेपाली टिम

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑