फागुन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई अहिले पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गरेका छन् ।
आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला संसदबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।
‘जनता सडकमा छन्, सुरक्षा व्यवस्था कडा छ, काँडेतार लगाइएको छ, संसद्को सबैभन्दा ठूलो दल नारा र जुलुसमा छ, पूरै देशको ध्यान केन्द्रित भएको बेला एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिएको छ, यो केवल आर्थिक सहायतको विषय मात्र होइन, नेपाली नागरिकलाई नै विभाजित बनाउने विषय भएकाले राष्ट्रिय सहमति खोज्नुपर्छ, यसलाई स्थगन गरेर नयाँ ढङ्गले अघि बढाउनुपर्छ’, लिङ्देनले भने ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८