काठमाडौं १७ । महाशिवरात्रिका दिन आज लाखौं भक्तजनले काठमाडौ को पशुपतिनाथ मन्दिर लगायत संसारभर रहेको भगवान् शिवको मन्दिरमा दर्शन एववम पूजा आराधना गरेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँने गरिन्छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।
दुई वर्षपछि शिवरात्रीमा पशुपतिको दर्शन र पूजा गर्न पाउँदा भक्तजन दर्शनार्थी र साधुसन्त माहात्मा पनि खुसि देखिएका छन। साधुसन्तहरूको आगमनसँगै पाशुपति क्षेत्रमा फूल र बत्तीले सजाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८