२० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्।
भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने तयारी छ। सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण आउन लागेका हुन् ।
बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । हिन्दुका अनुसार एक महिनाअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय कुरा नहुने उल्लेख छ । मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन्।
नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन्।
भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् ।
प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए।
२०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए। तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित गरिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८