जेठ १० । सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित नीति लिने भएको हो ।
संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममै उक्त कुरा उल्लेख गरिएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको हो ।
‘पेट्रोलियम पदार्थमा नियमित तथा सहज तथा लागतप्रभावी बनाइनेछ’, राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाइनेछ ।’
सरकारले कर घटाई पेट्रोलियम पदार्थको मूल्य घटाउने अपेक्षा गरे पनि सरकारले स्वचालित नीति नै लागू गर्ने उल्लेख गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यवृद्धिको कारण नेपालमा पनि मूल्यवृद्धि भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८