जेठ १३ । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मत गणनामा अनुसार स्वतन्त्र उम्मेदवार साह कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै देशको राजधानी शहर काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८