असार १२ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गरेको छ ।
असार ११ गते शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रति लिटर २० रुपैयाँ र डिजेल-मट्टितेलमा प्रति लिटर २९ रुपैयाँ मूल्य घटाएको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८