बारा,सिमरा
सिमरा रंगशालामा आजदेखि शुरु हुने अन्तराष्ट्रिय भेट्रान कप प्रतियोगिताका लागि नेकपा समाजवादीका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री किसान श्रेष्ठले एक महिनाको तलव र खेल साम्रगी सहयोग गरेका छन् ।
मंगलवार आफ्नै निवासका पुगेका सिमरा भेट्रान क्लबका युवाहरुलाई पूर्व श्रममन्त्री श्रेष्ठले खेलकुदमा साम्रगी सँगै एक महिनाको तलव (५० हजार) सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘अन्तराष्ट्रिय भेट्रान कप प्रतियोगिताका हामीलाई पूर्व श्रममन्त्री श्रेष्ठले आफ्नो एक महिनाको तलव,खेल साम्रगी र अन्य स्पोन्सर खोजेर धेरै ठुलो सहयोग गर्नुभयो’ आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राजकुमार राउतले भने ।
सिमरा रंगशालामा आजदेखि शुरु हुने अन्तराष्ट्रिय भेट्रान कपको उद्वघाटन नेकपा एसका केन्द्रीय सदस्य तथा शहरी विकास मन्त्री मेटमणि चौधरीले गर्ने आयोजक संस्थाले जनाएको छ । नेपाली कांग्रेस महासमिति सदस्य तथा समाजसेवी श्यामबाबु गुप्ताकी माता स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा रंगशालामा शुरु हुने भेट्रान कपमा राष्ट्रिय टिममा सहभागी ४० वर्ष उमेर नाघेका १६ वटा नेपाली र २ भारतिय समुह भाग लिनेछन् ।
सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान बी र बाग्मती भिड्नेछन् भने दोस्रो खेलमा नागसोती भेट्रान र चितवन भेट्रानबीच खेल हुने भएको छ । प्रतियोगिता संयोजक हरि चौधरीका अनुसार पहिलो खेल २ः३० बजे र दोस्रो खेल ३ः३० बजे हुनेछ । प्रतियोगितामा दार्जिलिङ भेट्रान भारत, कलकत्ता भेट्रान भारत, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान, विरगंज युथ एकेडेमी भेट्रान, काठमाण्डौ भेट्रान, बाग्मती भेट्रान, भेट्रान सिटि वीरगन्ज, भुटनदेवी भेट्रान, वीरगन्ज सिटि भेट्रान, कालभैरव भेट्रान हेटौडा, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, सिमरा भेट्रानको दुई टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई हुलास स्टील, जगदम्बा स्टील्स् युआर गोल्ड प्रिमियम मसलाले सहप्रायोजन गर्ने भएको छ । यसैगरी प्रतियोगिताको प्रवर्द्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहनेछ भने लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, मेडिकलतर्फ अल्पाईन अस्पताल रहनेछन् ।
प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेनलमा प्रतियोगिताको मुख्य सहयोगी स्वर्गीय मञ्जुदेवी गुप्ताका छोरा श्यामबाबु गुप्ता, नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सिमरा भेट्रान क्लबका अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रतियोगिताको संचार संयोजक प्रदीप गौतमले गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८