• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 02, Jun, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

नयाँ सरकार गठनमा देउवालाई पार्टीभित्रै चुनौती

१५०८७ पाठक संख्या

टुडे दैनिक संवाददाताDecember 1, 2022 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

मंसिर १५ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले चुनावको अन्तिम नतिजा नआउँदै नयाँ सरकार गठनको गृहकार्य अगाडि बढाएका छन् । नयाँ सरकार बनाउने गृहकार्य सँगसँगै संसदीय दलको नेता बन्ने दौडमा छन् ।

शेरबहादुर देउवा पुनः संसदीय दलको नेता हुँदै फेरि प्रधानमन्त्री बन्न चाहन्छन् । तर, देउवालाई रोकेर प्रधानमन्त्री बन्ने दौडमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, किशोरसिंह राठौर र गगन थापा देखिएका छन् । आफूलाई अन्य दलको समर्थन रहने देखाउने दौड पनि कांग्रेसमा देखिन्छ । कांग्रेस नेताहरु सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलसँग कुराकानीमा छन् ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरिसके । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन् । दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको उनी निकट नेताहरु बताउँछन् ।

अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको धेरैको आकलन छ । तर कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, महामन्त्री गगन थापाले आफ्नै ढंगले संसदीय दलको नेता बन्ने प्रयास गरिरहेका छन् ।

महामन्त्री गगन थापा भन्छन्, ‘मेरो त अर्को चुनाव आउँदैछ । म संसदीय दलको नेता चयनको काममा केन्द्रित छु ।’

पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन् । नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले नयाँ सरकार गठनसहितका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालका साथै एमाले अध्यक्ष केपी ओलीसँग भेटेका छन् ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पौडेलले मुलुकका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताउँदै आएका छन् । गत सोमबार माधव नेपालसँगको भेटमा नयाँ सरकारको नेतृत्वमा आफूलाई समर्थन गर्न आग्रह गरेको नेताहरु बताउँछन् ।

उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका छन् । प्रकाशमान सिंहले आफूले ‘ग्रास रुटदेखि नम्बर टुसम्म भएर काम गरिसकेको’ भन्दै आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन् । पार्टी सभापति देउवाको समेत विश्वास जितेर नेतृत्व लिने पक्षमा रहेका सिंहले गत आइतबार एमाले अध्यक्ष ओलीसँग भेटेका थिए ।

नवलपुर पूर्व १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्वमहामन्त्री शशांक कोइरालाले अबको प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् । पार्टीका शीर्षलाई अवसर दिन र पछिल्ला पुस्ताका नेतालाई हतार नगर्न उनले आग्रह गर्दै आएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक रूपमै प्रधानमन्त्रीको दाबी त गरेका छैनन् तर देउवापछि पार्टी र सरकारको नेतृत्व आफूले गर्ने भनेर निकटहरूलाई बताउँदै आएका छन् । देउवाको उत्तराधिकारीका रूपमा खड्काले आफूलाई प्रस्तुत गर्दै आएका छन् । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उता पार्टीको १४औं महाधिवेशनमा सभापति देउवाविरुद्ध आमनेसामने भएका नेता शेखर कोइराला पनि पार्टीमा ‘पावर’ सेयरिङको पक्षमा छन् । देउवालाई पार्टी सञ्चालनको जिम्मेवारी दिने र आफूले सरकार सञ्चालन गर्ने रणनीतिका साथ उनी अघि बढ्ने पक्षमा रहेको निकटहरूको दाबी छ ।

पार्टीभित्र समझदारी निर्माण हुने अवस्था नभए महाधिवेशनमा जस्तै संसदीय दलको नेतामा पनि संस्थापन इतरको नेतृत्व गर्दै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने शेखरको तयारी देखिन्छ ।

यद्यपि निर्वाचन परिणाम आफ्नो पक्षमा पारेपछि पनि शेखर अहिले पनि आफ्नै क्षेत्रको कार्यक्रममा सक्रिय छन् । शेखरकै समूहबाट महामन्त्रीमा निर्वाचित थापाले पनि आफूलाई प्रधानमन्त्री र संसदीय दलका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

सम्बन्धित पोस्ट
  • विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड अनुदान सहयोग
  • घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग
  • सरकार द्धारा आ व २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक
  • दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड अनुदान सहयोग

    सरकार द्धारा आ व २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक

    बलिउडको प्रसिद्ध कला निर्देशक रुपमा उदाउदै नेपालका हरि प्रसाद

    सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    एमसीसीको प्रसारणलाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

    शरणार्थी प्रकरणमा पक्राउ परेका माथीको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    टुडे दैनिक

    आज २५६७ औं बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना गरी मनाइँदै

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    यस वर्षको एसइई सुरु , देशभरबाट ४ लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑