• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 12, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / खेलकुद

३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन, फ्रान्सका एमबाप्पेलाई गोल्डेन बुट

१८२२०५ पाठक संख्या

टुडे दैनिक संवाददाताDecember 19, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पुस ४ । साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको छ । साबिक विजेता फ्रान्सलाई टाइब्रेकारमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकपको च्याम्पियन बनेको हो ।

मेस्सीको कप्तानीमा अर्जेन्टिना पहिलोपटक विश्वकप च्याम्पियन बनेको हो । अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भएका हुन् । अर्जेन्टिनाले छैटौंपटक फाइनल खेल्दा तेस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । तेस्रोपटक च्याम्पियन बन्न अर्जेन्टिना ३६ वर्ष लाग्यो । अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकप जितेको थियो । त्यसबेला डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

३६ वर्षपछि अर्जेन्टिनालाई च्याम्पियन बनाउन कप्तान मेस्सीले उच्च प्रदर्शन गरे । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो । फ्रान्सलाई हराएसँगै अर्जेन्टिनाले सन् २०१० मा स्पेनको शैलीमा च्याम्पियन बनेको छ । त्यस विश्वकपमा स्पेनले सुरुवाती खेल गुमाउनुका बाबजुद उपाधि जित्न सफल भएको थियो ।

अर्जेन्टिनाले पनि पहिलो खेलमा हार भोगे पनि त्यसपछिको सबै खेल जितेर च्याम्पियन बनेको हो । कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोरेको अर्जेन्टिनाले त्यसपछि मेक्सिकोलाई २–०, पोल्यान्डलाई २–०, अस्ट्रेलियालाई २–१, नेदरल्यान्ड्सविरुद्ध २–२ कोबराबरीपछि अतिरिक्त समयमा ४–३ को जित र सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनलमा पुगेको थियो ।

निर्धारित समयमा २–२ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा अर्जेन्टिनाले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोल गर्न सफल रहे ।

किंग्सले कोमानले प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । त्यसपछि पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ओरेलियन चुआमेनीको प्रहार बाहिरिँदा लियान्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई ३–१ ले अघि बढाए । त्यसपछि रान्दल कोलो मुआनीले गोल गर्दा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाए ।

त्यसअघि लुसेल आइकोनिक रंगशालामा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा कप्तान लियोनेल मेस्सीले २ तथा एन्जल डी मारियाले १ गोल गरे । फ्रान्सका केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे पनि टोलीलाई च्याम्पियन बनाउन पर्याप्त बनेन । खेलको २३औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

पेनाल्टी क्षेत्रभित्र ओसमाने डेम्बेलेले एन्जल डी मारियालाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान तथा गोलरक्षकविरुद्ध सहजै गोल गर्न सफल भए । यस गोलसँगै मेस्सी विश्वकपको नकआउट चरणको हरेक खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघिको कुनै पनि विश्वकपको नकआउट चरणमा कुनै पनि खेलाडीले गोल गर्न सकेको थिएन । ३६औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकमा एलेक्सिस म्याक एलिस्टरले अफसाइड बिट ट्याप गर्दै दिएको पासमा डी मारिया चुकेनन् । ८०औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो ।

एमबाप्पेले २ मिनेट नबित्दै फ्रान्सलाई २–२ गोलको बराबरीमा ल्याए । किङ्ले कोमानले मैदानको मध्यभागबाट मेस्सीबाट बल खोस्दै दिएको पासलाई कोलो मुआनीसँग पेनाल्टी क्षेत्रबाहिर पास साट्दै एमबाप्पेले वान टचमा हाफ भलीमार्फत सुन्दर गोल गरे । यस्तै, एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने खेलाडी कान्छा खेलाडी बनेका छन् ।

यसअघि ब्राजिलका रोनाल्डोले सन् २००२ मा जर्मनीविरुद्धको फाइनलमा २ गोल गरेका थिए । यस्तै, उनी विश्वकपमा १० गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन् । उनले यसअघि जर्मनीमा गर्ड मुलरले २४ वर्षको उमेरमा राखेको कीर्तिमानलाई तोडेका हुन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । १ सय ९औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाए ।

लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गरे । मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरे पनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए । ११७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेललाई ३–३ गोलको बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिँदा एमबाप्पे चुकेनन् । र विश्वकपमा ह्याट्रिक पूरा गरे ।

यससँगै एमबाप्पे फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि इंग्ल्यान्डका जियोफ्रे चार्लेस हस्टले पश्चिम जर्मनीमाथि अतिरिक्त समयमा ४–२ को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए ।

एमबाप्पेलाई गोल्डेन बुट

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट जितेका छन् । उनले यस विश्वकपभर कुल ८ गोल गर्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । उनले २ असिस्ट पनि दिए । अर्जेन्टिनासँग फाइनलमा टाइब्रेकरमा ४–२ ले पराजित भए पनि एमबाप्पेले अतिरिक्त समयमा ह्याट्रिक पूरा गर्दै यस विश्वकपमा ८ गोल गर्न सफल भए ।

२३ वर्षीय एमबाप्पेले समूह चरणमा अस्ट्रेलियाविरुद्ध १, डेनमार्कविरुद्ध २, पोल्यान्डविरुद्ध २ गोल गर्दा ट्युनिसियाविरुद्ध गोल गर्न सकेनन् । क्वार्टरफाइनलमा इंग्ल्यान्ड र सेमिफाइनलमा मोरक्कोविरुद्ध गोल गर्न नसकेका एमबाप्पेले फाइनलमा अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा ह्याट्रिक पूरा गर्दै ८ गोल पूरा गरे ।

उनलाई पछ्याइरहेका अर्जेन्टिनाका मेस्सीले २ गोल गर्दै विश्वकपभर कुल ७ गोल गर्न सफल भए । उनले गोल्डेन बल जिते । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ्स जित्न सफल भए । अर्जेन्टिनाकै एन्जो फर्नान्डेस विश्वकपको उत्कृष्ट युवा खेलाडी चुनिए ।

सम्बन्धित पोस्ट
  • मन्त्री घिसिङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
  • अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?
  • आज विश्व निमोनिया दिवस मनाइँदै
  • देशभरको मौसम कस्तो रहला आज ? यस्तो छ पूर्वानुमान ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    मन्त्री घिसिङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

    अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    आज विश्व निमोनिया दिवस मनाइँदै

    देशभरको मौसम कस्तो रहला आज ? यस्तो छ पूर्वानुमान ?

    फुडमाण्डुले मनायो आफ्नो १५ औँ वार्षिकोत्सव, ग्राहकलाई के अफर ?

    यस्तो रहनेछ आजकाे मौसम

    सिटिजन्स बैंकका ग्राहकहरूले एकता बुक्समा विशेष छुट सुविधा पाउने

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    न्यून चापीय प्रणालीका कारण वर्षाको सम्भावना

    छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    मन्त्री घिसिङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

    अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    आज विश्व निमोनिया दिवस मनाइँदै

    देशभरको मौसम कस्तो रहला आज ? यस्तो छ पूर्वानुमान ?

    फुडमाण्डुले मनायो आफ्नो १५ औँ वार्षिकोत्सव, ग्राहकलाई के अफर ?

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑