पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको मतदान सकिएको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको मतदानमा कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् ।
कांग्रेसका ८८ सांसद मतदान स्थल मै उपस्थित भएर मतदान गरेका छन् भने एक सांसद माया राइले भने अस्पतालमा रहेका कारण अस्पतालबाट नै मतदान गरेकी छन् । राई सुत्केरी भएका कारण ओम अस्पतालमा भर्ना छिन् ।
अब केहीबेरपछि मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।यस अघि बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतदानस्थलमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने भन्ने विवादले मतदानमा ढिलाइ भएको थियो ।तर मतदानस्थलमा मोबाइल लैजान नदिने सहमति भएपछि मतदान भएको थियो ।
मतदाता नामावली हेरेर मात्र सांसदहरूलाई भित्र प्रवेश गर्न दिइएको छ भने सांसद बाहेक अन्य नेताहरुलाई भित्र जनाबाट रोकिएको थियो ।
कांग्रेस संसदीय दलको नेता चयनका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार बनेका छन् भने संसदीय दलको नेता चयन गर्न कांग्रेसका ८९ जना सांसदले मतदान गर्दैछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८