माघ २ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ । आज अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।
आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८