चैत २३ । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार गर्ने निजी सवारी साधनहरुलाई नियन्त्रण गर्न भनेको हो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले केही दिन अघि निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो ।
निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुगेको भन्दै यातायात ब्यवसायी महासंघले गृह मन्त्रालयसँग गुहार मागेको थियो ।
मन्त्रालयको निर्देशनसँगै भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्ने भएका छन् । यसको प्रत्यक्ष असर पठाओ, इन ड्राइभरलगायतका राइड शेयरिङहरुमा पनि पर्ने छ ।
राइड शेयरिङ कम्पनीहरुले काम सुरु गरेसँगै नेपालमा निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेका हुन । मोटरसाइकल, कार, भ्यानलगायतका निजी सवारी साधनहरुले यात्रु बोक्दा सार्वजनिक यातायातका साधन तथा ट्याक्सीहरु मारमा परेका छन् ।
तर, सर्वसाधारणलाई भने राइड शेयरिङले निकै सहज हुदै आएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८