बारा,२८ । बाराको सुवर्ण गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत वकिल पाल हाजिर हुनुभएको छ । पाललाई सुवर्ण गाउपालिका अध्यक्ष राजेश यादवले आज प्रमुख प्रशासकिय अधिकृतको रूपमा हाजिर गराउनु भएको हो ।
प्रमुख प्रशासकिय अधिकृत पाल एक कुशल अधिकृतको रुपमा फेटा गाउपालिका, करैयामाई, बारागढी लगायतको पालिकाहरूमा आफ्नो कुशल नेतृत्व गरिसक्नु भएको छ ।
वकिल पाललाई प्रमुख प्रशासकिय अधिकृत रुपमा ल्यउन पाउदा पालिका अध्यक्ष यादव आफु निकै हर्षित भएको बताउनु भयो । आफ्नो कार्यकालको पहिलो आर्थिक वर्ष सकिने बेला सम्म अधिकृतको स्थायित्व नहुदा विकास निर्माणको कार्य गर्न नसकेको मेयर यादव बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत पालको हाजिरसगै अब पालिकाले विकासको गतिलिनेमा आफुले विश्वास लिएको मेयर यादवले टुडे दैनिक सँग बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा यस आर्थिक वर्षमा केही गर्न नसकेको गाउपालिले पालिका अध्यक्ष राजेश यादवको पहलमा पालिकाले अधिकृत पाएको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८