काठमाडौँ । युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरु लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन् । बारा क्षेत्र नं.४ का संघिय सांसद कृष्ण कुमार श्रेष्ठ(किसान)ले सरकारले विद्यार्थी सँग टेलिफोनमा कुरा गरेर मात्र नहुने भन्दै असोज २२ गते बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सरकारले तत्काल परराष्ट्र मन्त्री सहितको टोलीलाई इजरायल पठाएर नेपालीहरुको उद्धार गर्नु पर्ने भनि सरकारलाई दबाब दिनु भएको थियो ।
सांसद श्रेष्ठले घाइतेहरुको उपचार, खाना नपाएर भोकैं बसेका नेपालीहरुको ब्यवस्थापन र नेपाल फर्किन चाहाने नेपालीहरु लाई सरकारले तत्कार उद्धार गरी नेपाल ल्याउनु पर्ने भनि संसद भवनमा बोल्नु भएको थियो । सरकारले नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउदलाई पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले बताउनु भयो ।
त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडान मार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताए । सांसद श्रेष्ठले प्रतिनिधी सभा बैंठकमा इजरायल घटना सम्बन्धमा सरकार सँग राख्नु भएको माग सरकारले पुरा गरेको छ । सांसद श्रेष्ठले इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार कार्यमा सरकार गम्भिरता पुर्वक लागेकोमा सरकारलाई धन्वाद समेत दिनु भएको छ ।
नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए । निगमको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । दुबई हुँदै जाने उडानका लागि रुट पर्मिट (उडान अनुमति) लिनुपर्ने हुँदा जहाज उडानमा केही ढिला हुन गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । तर, चार्टर्ड उडानका लागि नेपालका तर्फबाट भने निगमलाई कुनै रोकटोक नहुने उनले बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८