बारा/ सिमरा
सिमरा महिला साकोसको १६ औँ वार्षिक साधारण सभाले मुना खरेलको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । शनिबार भएको १६ औ वार्षिक साधारण सभाले निर्विरोध रुपमा नयाँ कार्यसमिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
समितिले उपाध्यक्षमा भिमादेवी शर्मा, सचिवमा गीता शर्मा सहसचिव निलम चौधरी, कोषाध्यक्ष सनम पौडेल र सदस्यहरुमा सावित्री बिक, किरण कुमारी, शान्ताकुमारी गौतम, सुस्मिता ढकाल, ईश्वरी ढकाल, भगवतीया चौधरीलाई चयन गरेको छ । साथै सिमरा महिला सहकारीको अधिवेशनले लेखा सुपरीवेक्षण समिति संयोजकमा उर्मिला सापकोटा, सुमित्रा तिमल्सेना, सरिता पौडेल निर्विरोध निर्वाचित गरेका निर्वाचन मण्डलका संयोजक तथा जीतपुर सिमरा उपमहानगरका सहकारी शाखा प्रमुख सुदन चौधरीले जनाएका छन् ।
सहकारीको नयाँ कार्यसमिति १६ औ वाािर्षक साधारण सभाको भएको उद्घाटन सत्रमा मधेश प्रदेश सांसद मञ्जु थापाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी हुन् । कार्यक्रममा जीतपुर सिमरा उपमहानगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी,सहकारी शाखा प्रमुख सुदन चोैधरी, जिल्ला सहकारी सँघका प्रतिनिधि मुकुन्दबहादुर क्षेत्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य निरु रायमाझी, हातमालो साकोसका सञ्जय कुमार साह, औराहा पशुपालन सहकारीका रमेश खरेल, औराहा उपभोक्ता सहकारीका पूर्णचन्द्र तिमल्सिना, घण्टीमाइ साकोसका तोयनाथ लुइटेल, संगालो साकोसका रत्न प्रसाद उप्रेती, सिमरा महिला सहकारीकी संस्थापक अध्यक्ष पुण्यवती कँडेल, जनकल्याण वचत तथा ऋण सहकारीका कृष्ण रिमाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अनिता लम्सालले अध्यक्षको प्रतिवेदन गरेका थिए भने संस्थाका कोषाध्यक्ष गीता शर्माले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सरस्वती गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, उत्कृष्ट समाजसेवी, सहकारीको क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगद रकम सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहकारी अभियन्ता एवं जीतपुरसिमराका प्रथम मेयर डा. कृष्ण पौडेलको दिवंगत आत्माको चिर शान्तिको कामनासहित उनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८