१४ कार्तिक। तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् ।
महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।
महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए ।
सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्ने सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।
गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।
आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ ।
महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८