१७ काठमाडौ। शुक्रवार बिहान रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुट भएको हो । लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ । घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ । कम्पनीले घटनामा संलग्न दुई जना पाइलटलाई नै निलम्बन गरेको छ ।
दुई पाइलटबिच व्यक्तिगत रिसिबीका कारण सामान्य भनाभनको स्थिति बनेको रहेछ । यत्तिकैमा एक पाइलटले धकेल्दा अर्का पाइलट लड्नु भएछ । युनिफर्ममा नै लडेकाले घटनाले ठुलो रूप लियो । यसो भएपछि हवाई सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अन्द स्पोर्ट दुवै जनालाई त्यहीँ सस्पेन ९निलम्बन० गर्यौँ’ तारा एयर होल्डिङ कम्पनी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सञ्चारकर्मीसँग भने ।
घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनिसकेको बताउँदै बर्तौलाले पाइलटहरूको स्पष्टीकरण लिइरहेको जानकारी दिए । घटनालगत्तै कम्पनीले अर्को पाइलटमार्फत मन्थली–काठमाडौँ जहाज उडान भरेको छ । नागरिक उड्डयन प्राधिकरणले पनि घटनामा संलग्न पाइलटहरूलाई निलम्बन गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८