२० मंसिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।
नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।
तर हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको बताइएको छ।
गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या ( एक्युट मायोकार्डियल इन्फ्राक्सन ) भएको थियो। त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको ब्यहोरा जानकारीमा आएको मन्त्रालयले बताएको छ।
‘उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा। अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनुभएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८