काठमाण्डौं । प्रतिनिधि सभाका सांसद तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ(किसान) र पतञ्जली योगपिठ भारतका प्रमुख आचार्य बालकृष्ण विच भेटघाट भएको छ । सांसद श्रेष्ठलाई भेट्न आचार्य बालकृष्ण आफ्ना सहयोगी सहित सोमबार साँझ श्रेष्ठको निवास महाराजगन्ज जानु भएको थियो ।
आचार्य बालकृष्ण र सांसद श्रेष्ठ बिचमा पारिवारिक भेटघाट हुनुको साथै समसामयीक विषयमा छलफल समेत भएको र नेपालमा आयुर्वेदको सम्भावनाको बारेमा पनि छलफल भएको सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्काले जानकारी दिनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सांसद श्रेष्ठ र आचार्य बालकृष्ण मंगलबार नवलपरासीको रामग्राम समेत जानुको र आचार्य बालकृष्ण मंगलबार भारत फर्किनु भएको छ । पतञ्जली योगपिठले बारामा उद्योग सञ्चालन गरि आयुर्वेदिक घरायसी सामानहरु उत्पाद र बिक्रि बितरण गर्दै आई रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८