काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अब सो कम्पनीलाई बुधबारबाट सर्वसाधारणका लागि प्रिमियममा आइपीओ ल्याउन बाटो खुलेको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै रिट परेको थियो ।
कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दैछ। अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गर्ने तयारी गरेको हो। यसअघि पनि कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ सम्म आवेदन दिन सक्ने जनाएको छ । कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८